×

दलका नेतासँग आफूखुसी भेटे सुरक्षा निकायका पदाधिकारीलाई अनुशासनको कारबाही हुने - गृहमन्त्रालय

images

काठमाडौं । गृहमन्त्रालयले सुरक्षा अधिकारीलाई पूर्वअनुमति लिएर मात्र कूटनीतिक अधिकारी र नेतालाई भेट्न निर्देशन दिएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै गृहले विभागीय स्विकृति लिएर त्यस्ता भेटघाट गर्न निर्देशन दिएको हो ।

निर्देशन अटेर गरे अनुशासनको कारबाही गरिने गृहले चेतावनी दिएको छ । यसअघि पनि सुरक्षा निकायका उच्च तहका अधिकारीलाई भेटघाटमा कडाइ गर्ने निर्णय भएपनि कार्यान्वयनमा आएको थिएन । विभागीय स्वीकृति लिएर भेट गरेको वा नगरेकोबारे अनुगमन गर्न गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई निर्देशन गरेको छ ।

सुरक्षा निकायको सरुवा बढुवामा शक्ति केन्द्रको व्यापक हस्तक्षेप हुने गरेको छ। त्यसका लागि सुरक्षा अधिकारीहरू राजनीतिक दलका नेताहरू निकट देखिने गरेका छन्।

बिहीबार १४ पुस २०७९ ०१:२१ PM मा प्रकाशित

प्रतिक्रिया