बालुवाटारमा सत्ता गठबन्धनको बैठक, एमसीसी पास गर्न सहमति नजिक

    images

    सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ। बैठकमा सरकारले संसदमा पेश गरेको अमेरिकी सहयोगसम्बन्धी सम्झौता ‘एमसिसी’ बारे छलफल हुने भएको छ। प्रधानमन्त्री  निवास बालुवाटारमा अहिले  १० बजे गठबन्धनको बैठक बस्न लागेको प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख स्वकीय सचिव भानु देउवाले बताए ।

    images

    एमसिसी पारित हुने र गठबन्धन पनि नटुट्ने उपायको खोजी भइरहेको छ : प्रचण्ड

    सत्तारूढ गठबन्धन नटुट्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले दाबी गरेका छन्।  अध्यक्ष दाहालले एमसिसी पारित हुने र सत्त...

    स्रोतका अनुसार ११ बुँदे परिमार्जनसहित एमसीसी अनुमोदन गर्न गठबन्धन दल सहमति नजिक पुगेको छ । उक्त सहमतिमा माओवादी केन्द्र र एकीकृत समाजवादीले  संस्थागत निर्णय लिन बैठक बोलाएका छन् । 

    बैठक सकिए लगत्तै गठबन्धनको बैठक बसेर एमसीसी पास गर्ने निर्णय लिने बुझिएको छ ।  यही फागुन ८ गते एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल भएको थियो । र, संसद बैठक १२ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

    तर, सत्ता गठबन्धनको कुरा नमिल्दा १२ गतेको बैठक अन्तिम समयमा सूचना टाँस गरेर १३ गते सारिएको थियो । १३ गते पनि बैठक बस्न सकेन । सूचना टाँस गरेर आजसम्म सारिएको हो । आजको बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

    आइतबार​ १५ फागुन २०७८ ०९:५९ AM मा प्रकाशित

    प्रतिक्रिया