एमसिसी पारित हुने र गठबन्धन पनि नटुट्ने उपायको खोजी भइरहेको छ : प्रचण्ड

    images

    सत्तारूढ गठबन्धन नटुट्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले दाबी गरेका छन्।  अध्यक्ष दाहालले एमसिसी पारित हुने र सत्तारूढ गठबन्धन पनि नटुट्ने उपायको खोजीमा छलफल भइरहेको बताए।

    शनिबार सिंहदरबारमा आफ्नो पार्टी र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरूसँग भएको छलफलपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले एमसिसीबारे सहमतिकै बाटोबाट अघि बढ्ने संक्षिप्त प्रतिक्रिया समेत दिए।

    अध्यक्ष दाहालले भने, ‘हामी छलफल गरिराखेका छौँ । समस्याको समाधान हुन्छ । गठबन्धन टुट्दैन । सहमतिको बाटोबाटै अघि बढ्छ ।’ अध्यक्ष दाहालले सत्तारुढ गठबन्धन टुटाउन विभिन्न प्रयास भइरहेको बताएका छन् । 

    शनिबार १४ फागुन २०७८ १०:२० PM मा प्रकाशित

    प्रतिक्रिया