ललितानिवास प्रकरण - राउतलाई रिहाइ गर्न सर्वोच्चमा रिट दायर

    images

    काठमाडौं । ललितानिवास प्रकरणमा पक्राउ परेका नेपाल सरकारका सचिव कृष्णबहादुर राउतलाई रिहाइको माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता भएको छ ।

    राउतका तर्फबाट उनका भाइले बुधबार रिट दर्ता गरेका हुन् । रिटको प्रारम्भिक सुनुवाइ बिहीबारका लागि तोकिएको छ । पक्राउ पुर्जीमा थुनामा राख्नुपर्ने आधार र कारण नखुलाई गैरकानुनी रूपमा राखिएकाले थुनामुक्त गर्न रिटमा माग गरिएको छ ।

    शाखा अधिकृतका रूपमा कार्यरत रहँदा उठाएको टिप्पणीको विषयलाई लिएर उक्त प्रकरणको कीर्ते मुद्दा अनुसन्धानको सिलसिलामा राउत पक्राउ परेका हुन् । उक्त प्रकरणमा पक्राउ परेका अन्य तीन जनाको तर्फबाट पनि बन्दीको रिट दर्ता भएको छ ।

    उक्त रिटमा अदालतले लिखित जवाफ माग गरे पनि अन्य सुनुवाइको प्रक्रिया अघि बढेको छैन । गोरखापत्र दैनिकबाट

    बिहीबार २८ असार २०८० ०९:०५ AM मा प्रकाशित

    प्रतिक्रिया