विकल्पसहित आगामी सरकारको परिकल्पना

    images

    काठमाडौं । गत मंसिर ४ मा भएको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणामले विकल्पसहितको आगामी सरकारको परिकल्पना गरेको छ ।

    एकातिर दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउँदा सबैभन्दा सहज देखिन्छ भने अर्काेतिर सत्ता गठबन्धन दलहरूले सरकार बनाउन सक्नेछन् ।

    वर्तमान सत्ता गठबन्धन वा प्रतिपक्षी गठबन्धनको सरकार अस्थिर र खिचडी सरकार बन्ने देखिएको छ । मतदाताले कुनै दललाई पनि बलियो सरकार बनाउने जनादेश नदिएको कारण अब स्थिर सरकारको परिकल्पना गर्न नसकिने स्वयं नेताहरू बताउँछन् ।

    तर, बलियो विकल्पका रूपमा संसद्का सबैभन्दा ठूला दुई दल मिलेको खण्डमा पाँच वर्षका लागि स्थिर सरकार बनाउन सक्ने आधार बाँकी नै रहेको भने उनीहरू स्विकार्छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

    आइतबार​ १८ मंसिर २०७९ ०९:२० AM मा प्रकाशित

    प्रतिक्रिया