×

नवजोत सिंह सिद्धू रिहा

images

काठमाडौं । भारतीय कंग्रेसका नेता नवजोत सिंह सिद्धू जेलमुक्त भएका छन् । १० महिनाको करागार बसाइपछि शनिबार उनी पटियाला जेलबाट रिहा भएका हुन् ।
सन् १९८८ मै सडकमा पार्किङका क्रममा भएको विवाद र झडपको घटनाका कारण उनी जेल परेका थिए ।

झडपमा चोट लागेका गुरनाम सिंहको निधन भएको थियो । त्यही मुद्दामा गत वर्ष सर्वोच्च अदालतले सिद्धूलाई एक वर्षको जेल र एक हजार जरिवानाको सजाय सुनाएको थियो । उनलाई सर्वोच्चले जेल सजाय सुनाएपछि उनले आत्मसमर्पण गरेका थिए । एजेन्सी

आइतबार​ १९ चैत २०७९ ०१:२३ PM मा प्रकाशित

प्रतिक्रिया