×

आयरल्यान्डलाई हराए पनि अष्ट्रेलियालाई अझै गाह्रो

images

पर्थ । अष्ट्रेलियाले ट्वान्टी ट्वान्टी विश्वकप सुपर–१२ को ग्रुप–१ सोमबार आयरल्यान्डलाई ४२ रनले पराजित गरेको छ । यससँगै अष्ट्रेलिया लिग तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।अष्ट्रेलियाको चार खेलबाट पाँच अंक भएको छ ।

तर उसको सेमिफाइनल प्रवेशको समीकरण अझै गाह्रो रहेको छ ।  डिफेन्डिङ च्याम्पियनले आफ्नो अन्तिम खेल अफगानिस्तानको सामना गर्नेछ । उसको भाग्य धेरै हदसम्म न्युजिल्यान्ड र इंग्ल्यान्डबीच हुने खेलमा निर्भर हुनेछ । न्युजिल्यान्डको चार खेलबाट पाँच अंक छ । आयरल्यान्ड भने चार खेलबाट तीन अंकमै सीमित रह्यो ।

उसले जितका लागि १ सय ८० रन पछ्याएको थियो । तर १८.१ ओभरमा अलआउट हुन अगाडि १ सय ३७ रन मात्र बनाउन सक्यो ।  उसका लागि रोलकन टकरले सर्वाधिक ७१ रन बनाए । पहिले ब्याटिङ गर्दै अष्ट्रेलियाले पाँच विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । त्यसमा कप्तान एरोन फिन्चले ४४ बलमा ६३ रन बनाए । 

सोमबार १४ कात्तिक २०७९ ०७:२६ PM मा प्रकाशित

प्रतिक्रिया