×

१२ वर्ष कैद सजाय माग गर्दै सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ता

images

काठमाडौं । बलात्कारको अभियोगमा प्रहरीको नियन्त्रणमा रहेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले जिल्ला अदालतमा आज अभियोग पत्र दर्ता गराएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोग पत्र पेश गरिएको उच्च स्रोतले जनाएको छ ।

मुलुकी अपराध संहिता २०७४ बमोजिम १० देखि १२ वर्षको कैद सजाय माग गर्दै लामिछानेविरुद्ध मुद्दा दर्ता गरिएको हो । काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा १७ वर्षीया बालिकाले २१ भदौमा प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्। सन्दीपले २० असोजमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आइरहेका छन् । 

सोमबार १४ कात्तिक २०७९ ०८:०९ PM मा प्रकाशित

प्रतिक्रिया