सबै फूल गुलाफ हुँदैन : दीपकराज गिरी

    images

    काठमाडौं । कलाकार दीपकराज गिरीले  प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा आफूले ६० वर्ष काटेका उम्मेदवारलाई भोट नदिने बताएका छन् । उनले सामाजिक संजालमा एक पोष्ट लेख्दै यस्तो कुरा बताएका हुन । 

    उनले लेखेका छन्, सबै फूल गुलाफ हुँदैन, सबै स्वतन्त्र उम्मेदवार बालेन हुँदैन । ६० वर्ष काटेकालाई भोट हालेर आफ्नो भोट खेर नफाल्ने समेत उनले प्रस्ट्याएका छन् ।

    समाजिक सञ्जालमा उनले लेखेका छन् :

    ‘सबै फूल गुलाफ हुँदैनन्
    सबै स्वतन्त्र बालेन हुँदैनन् 
    आफ्नो भोट खेर फाल्दिन
    ६० काटेकालाई हाल्दै हाल्दिन !’

      सोमबार १४ कात्तिक २०७९ ०८:२८ AM मा प्रकाशित

      प्रतिक्रिया