×

गुजरातको मच्छू नदीमा झोलुङ्गे पुल खस्दा दर्जनौँ मानिसको मृत्यु

images

काठमाडौं । भारतको पश्चिमी राज्य गुजरातमा एउटा झोलुङ्गे पुल खस्दा १०० भन्दा धेरै मानिसहरूको मृत्यु भएको छ। मोरबी सहरमा भएको उक्त घटनामा सयौँ मानिसहरू मच्छू नदीमा खसेका थिए। 

भिडिओ फुटेजहरूमा बच्न सफल भएकाहरू आंशिक रूपमा डुबेको पुलमा झुन्डिएका देखिन्थे। उक्त राज्यका एकजना मन्त्री ब्रिजेश मेर्जाका अनुसार ८० जनाभन्दा धेरै मानिसहरूको उद्धार गरिएको छ। विवरणहरूका अनुसार घटना हुँदा लगभग ४०० मानिसहरू उक्त पुलमा थिए। 

एकजना प्रत्यक्षदर्शीले रोयटर्स समाचार संस्थालाई बताए अनुसार पुल खस्दा त्यहाँ धेरै बालबालिकाहरू थिए। प्रतीक वसावा समेत त्यसबेला पुलमा हुनेमध्येका हुन्। उनले दुर्घटनापछि आफू कसरी पौडी खेलेर नदी किनारसम्म पुगे भन्ने कुरा एक गुजराती टेलिभिजनलाई बताएका छन्। 

कैयौँ बालबालिका नदीमा खसेको बताउँदै उनले थपेस् 'मैले केहीलाई आफूसँगै तान्न खोजेको थिएँ तर उनीहरू डुबिसकेका वा बगिसकेका थिए।' बीबीसी

सोमबार १४ कात्तिक २०७९ १०:०४ AM मा प्रकाशित

प्रतिक्रिया