×

एकीकृत समाजवादीको घोषणापत्र : निर्वाचन प्रणाली सुधारमा जोड (पूर्णपाठ)

images

काठमाडौं- नेकपा एकीकृत समाजवादीले सोमबार चुनावी घोषणापत्र सार्वजनिक  गरेको छ । घोषणापत्रको नीतिगत प्रतिबद्धतामा संविधान र व्यवस्थाको रक्षा तथा हालको निर्वाचन प्रणाली परिवर्तनमा जोड दिएको छ । 

अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र विकासका निम्ति बाधक भएकाले यसको विकल्प खोज्नुपर्ने पार्टीको भनाई छ । त्यस्तै सार्वजनिक सेवा प्रवाहमा सुधार, उद्योग धन्दाको विकास,कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र सिँचाइमा जोड दिनेगरी घोषणापत्र तयार गरेको सो पार्टीले पूर्व–पश्चिम महानहर निर्माण गर्ने विषयलाई प्राथमिकतामा राखेको छ। 

तर, कार्यक्रममा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल उपस्थित भएनन् । घोषणापत्र भने उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव डा. बेदुराम भुसाल, उपमहासचिव डा. गंगालाल तुलाधरलगायतका नेताहरूले सार्वजनिक गरेका छन् । 

सत्तारुढ गठबन्धन दलमध्ये सबै भन्दा पहिले घोषणापत्र सार्वजनिक गरेको नेकपा एसले ‘जातीय छुवाछुत मेटाऔँ : मानव मर्यादा कायम गरौ’ भन्ने नारासहित चुनावी घोषणापत्रमा जातीय छुवाछुतको मुद्धा पनि समावेश गरेको हो ।

मानिस मानिसबिच छुवाछुतको व्यवहार गर्नु मानव मर्यादाविपरीतको कार्य भएको र यो एक जघन्य अपराध पनि भएको भन्दै यसको अन्त्य हुनैपर्नेमा उसले जोड दिएको छ ।
 

 

सोमबार १४ कात्तिक २०७९ ०८:३१ PM मा प्रकाशित

प्रतिक्रिया