×

शीर्षमा आर्सनललाई आराम रियललाई गाह्रो

images

लन्डन । आर्सनलले आइतबार इंग्लिस प्रिमियर लिगमा नटिङघम फरेस्टलाई ५–० ले सजिलै हराएको छ र यससँगै फेरि लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ । आर्सनलको १२ खेलबाट ३१ अंक भएको छ र यो दोस्रोमा रहेको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीमाथि दुई अंकको अग्रता हो । यो जितले आर्सनललाई पहिलो स्थानमा आराम दिएको छ ।

यही तथ्य भने स्पेनी ला लिगामा रियल म्याड्रिडका लागि लागू भएन् । रियल जिरोनाको हातबाट १–१ को बराबरीमा रोकिएको छ । यो जितपछि रियल शीर्ष स्थानमा उक्लेको छ तर पनि दोस्रो स्थानमा रहेको बार्सिलोनासँगको दूरी एक अंकमा छोटिएको छ । यस्तोमा रियललाई पहिलो स्थानमा रहन गाह्रो हुनेछ ।

आर्सनलको जितमा ग्याब्रिएल जेससले दुई गोल गरे भने अन्य गोल ग्याब्रिएल मार्टिनेल, बुकायो साका र रेस नेल्सनले गरे । रियलले भिनिसियस जुनियरको गोलले अग्रता लिएयता जिरोनाका लागि क्रिस्टियन स्टुनीले बराबरी गोल फर्काए । इंग्लिस प्रिमियर लिगको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले वेस्ट ह्यामलाई १–० ले पराजित गर्‍यो । 
 

सोमबार १४ कात्तिक २०७९ ०८:३७ AM मा प्रकाशित

प्रतिक्रिया