न्युजिल्यान्ड पठाइदिने भन्दै ३० लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ

    images

    न्युजिल्यान्ड पठाइदिने भन्दै ३० लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको छ । 

    नवलपुरको कावासोतीका विकास जोशी र तनँहुको रिसिङका अमृत चन्दलाई कामदार भिसामा न्युजिल्यान्ड पठाइदिने भन्दै दुई जनाबाट १५/१५ लाख रुपैयाँका दरले रकम लिएर भागेका काठमाण्डौ स्युचाटारका विकास खत्रीलाई प्रहरीले पक्राउ गरेको हो । 

    पक्राउ परेका खत्रीले न्युजिल्यान्डमा मासिक साढे २ लाख रुपैयाँ तलबको जागिर लगाइदिने भन्दै पैसा असुलेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ परेका खत्रीलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

      मङ्गलबार १७ जेठ २०७९ ०६:०८ PM मा प्रकाशित

      प्रतिक्रिया