काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नागरिकता विधेयक बुधबार प्रमाणीकरण भएपछि लोकतान्त्रिक समाजवादी पार्टीले स्वागत गर्दै धन्यवाद दिएको छ।
पार्टीका अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेललाई धन्यवाद दिएका हुन् । ‘राज्यविहिनताको स्थितिमा रहेका नेपाली नागरिकहरुको पीडामा मल्हम काम गर्नेछ र समग्रतामासमेत नागरिकतासम्बन्धी धेरै हदसम्म समस्याको समाधान गर्नेछ। यस प्रक्रियामा न्यायसंगत रुपमा साथ सहयोग दिने सबैलाई हार्दिक धन्यवाद,’ विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया