×

गोसाइँकुण्ड मेला आजदेखि सुरु हुँदै

images

गंगा दशहराको अवसरमा लाग्ने रसुवाको गोसाइँकुण्ड मेला आजदेखि सुरु भएको छ । मेला भर्नका लागि तीर्थयात्री आउने क्रम सुरु भएको छ । मेला भर्नका लागि दैनिक ३० जनाको हाराहारीमा तीर्थयात्री आइरहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

यसअघिका वर्षहरूमा कोभिड–१९ का कारण मेला सञ्चालन नभएकोमा यसपटक भने मेला सञ्चालन हुने समितिका अध्यक्ष सञ्जिव डिएमले बताउनुभयो । जनैपूर्णिमाको तुलनामा गंगादशहरामा गोसाइँकुण्डमा कम तीर्थयात्री आउने गरेका छन् ।

कोभिड–१९ को जोखिम कम भएको र पदमार्गमा पनि कुुनै समस्या नभएको कारण यसपटक मेला सञ्चालन हुने भएको हो । मेला १० दिनसम्म सञ्चालन हुनेछ । धार्मिकस्थल गोसाइँकुण्ड जानका लागि धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी– गोसाइँकुण्ड, यार्सा– गोसाइँकुण्ड र सागरकुण्ड– गोसाइँकुण्ड गरी चारवटा पदमार्ग सञ्चालनमा छन् ।

मङ्गलबार १७ जेठ २०७९ १२:१५ PM मा प्रकाशित

प्रतिक्रिया