×

सखी प्रतिष्ठानको अध्यक्षमा मन्जिला अनिल निर्वाचित

images

२०७९ चैत १६ गते सखी प्रतिष्ठानको प्रथम साधारणसभा तथा निर्वाचन डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा सम्पन्न भएको  छ । 

साधारणसभाले संस्थाको अध्यक्षमा मन्जिला अनिललाई निर्वाचित गर्‍यो । यसैगरी संस्थाको उपाध्यक्षमा कमला रिसाल, सचिवमा रुपाली पौडेल र कोषाध्यक्षमा नीशा रिमाल निर्वाचित हुनु भयो । यसैगरी कार्यसमितिको सदस्यमा क्रमशः मेनका लामा, मनिला वन्त र उषा के. सी. निर्वाचित हुनु भयो । 

साधारणसभाले महासचिव र कोषाध्यक्षको प्रतिवेदन पनि पारित गर्‍यो । 

संस्थाले "महाकवि देवकोटा साहित्य पुरस्कार" र "अर्पणा सङ्गीत पुरस्कार" स्थापना गर्ने पनि निर्णय गरेको छ । दुबै पुरस्कारलाई मन्जिला अनिल र कमला रिसालले अक्षयकोष राख्ने घोषणा गरेका छन् । 

कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार राधेश्याम लेकाली, सल्लाहकार डा. माला खरेल, समाजसेवी सिर्जना भेटवाल र कानुनविद्  ढुण्डीराज देवकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रममा सदस्यहरू सविता श्रेष्ठ "बेहोसी, ममता मृदुललगायतको उपस्थिति रहेको थियो ।

शुक्रबार​ १७ चैत २०७९ ०७:३९ AM मा प्रकाशित

प्रतिक्रिया