चौथो दिन पनि नेप्सेमा गिरावट

    images

    काठमाडौं । लागातार चौथो दिन पनि सेयर बजार परिसूचक नेप्से घटेको छ। मंगलबार नेप्से परिसूचक १५.७४ अंकले घटेर बजार बन्द हुँदा २,१११ मा आइपुगेको छ। अघिल्लो दिन ४१ अंकले घटेर २१२७.५२ विन्दुमा झरेको सेयर बजार परिसूचक नेप्से आज पनि १५ अंकमाथिले घट्न पुगेको हो । 

    दोहोरो अंकले नेप्से घटेको यसदिन कारोबार रकम समेत २ अर्बमा झरेको छ । आज कूल २ अर्ब ८२ करोड ४५ लाख रुपैयाँ बराबरको ७५ लाख ५३ हजार २३५ कित्ता सेयर किनबेच भएको छ । 

    सबैभन्दा बढी रिडी पावर कम्पनीको १९ करोड २० लाख ५४ हजार ५८७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने लुम्बिनी जनरल इन्स्योरेन्सको आज १४ करोड ३७ लाख ३ हजार ४६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    आज हाइड्रोपावर कम्पनी समूहको उपसूचक झिनो अंकले बढेको छ भने बाँकी १२ वटा उपसूचक ऋणात्मक भएका छन् । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ भने प्राइम लाइफ इन्स्योरेन्सको सेयर मूल्य ५.२१ प्रतिशतले घट्न पुगेको छ ।

    मङ्गलबार १७ माघ २०७९ ०३:३८ PM मा प्रकाशित

    प्रतिक्रिया