×

५० वर्षसम्म ननुहाएका पुरुषको ९४ वर्षको उमेरमा निधन

images

काठमाडौं । सञ्चारमाध्यमहरूले 'विश्वकै फोहोरी व्यक्तिको' संज्ञा दिएका एक जना सन्यासी वृद्धको ९४ वर्षको उमेरमा निधन भएको छ।

आफूलाई बिरामी बनाउने भयले आमु हाजीले आधा शताब्दीभन्दा बढी समयसम्म साबुन र पानीको प्रयोग गर्न अस्वीकार गरेका थिए। दशकौँपछि पहिलो पटक नुहाएको केही महिनापछि उनको निधन भएको थियो।

दक्षिणी प्रान्त फार्समा बसोबास गर्ने हाजीले गाउँलेहरूले उनलाई सफा पारिदिन विगतमा गरेका प्रयास टार्दै आएका थिए। तर स्थानीय सञ्चारमाध्यमका अनुसार उनी अन्ततः दबाब सामु झुके र केही महिनाअघि उनले नुहाए। इरानको आइआरएनए समाचार संस्थाका अनुसार त्यसको केही समयपछि उनी बिरामी भए र आईतवार उनको निधन भयो।

सन् २०१४ मा द तेहरान टाइम्सलाई दिएको अन्तरवार्तामा उनले आफ्नो मनपर्ने खानेकुरा दुम्सी भएको खुलासा गरेका थिए। उनले जमिनमा बनाइएको प्वाल र छिमेकीहरूले बनाएको इट्टाको टहरोकाबीच देजगाह गाउँमा आफू बस्ने गरेको पनि बताएका थिए।

आफू किशोर छँदा व्यहोरेको ुभावनात्मक क्षतिु बाट पार पाउन त्यस्तो अस्वाभाविक रोजाइको पक्षमा आफू उभिएको उनको भनाई थियो।

वर्षौँसम्म ननुहाउँदा उनको छाला कालो धुवाँ र कडा पहेँलो फोहोरले ढाकिएको आइआरएनएले जनाएको छ। उनको खान्कीमा कुहिएको मासु र थोत्रो तेलको जर्किनमा राखिएको अस्वास्थ्यकर पानी रहने गरेको थियो।बीबीसी

आइतबार​ १३ कात्तिक २०७९ ०९:१८ AM मा प्रकाशित

प्रतिक्रिया