×

बार्सिलोनाको नाटकीय जित लिभरपुलको नाटकीय हार

images

युरोपेली फुटबलका दुई ठूला क्लब बार्सिलोना र लिभरपुलले शनिबार दुई फरक नतिजा बेहोरेको छ । स्पेनी ला लिगामा बार्सिलोना नाटकीय रूपमा विजयी रह्यो, खेलको अन्त्यतिर सम्भव गोलको मदतले ।

लिभरपुल भने खेलको अन्त्यतिर गोल खाँदै पराजित रह्यो । स्पेनी ला लिगामा रोबर्ट लेवनडोस्कीले इन्ज्युरी समयमा गोल गरेपछि बार्सिलोनाले भ्यालेन्सिायमाथि १–० को जित निकालेको हो ।

यससँगै क्लब अंक तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भएको छ । लिभरपुल इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडको हातबाट एनफिल्डमै २–१ ले पराजित रह्यो । गत वर्षसम्म लिग उपाधि होडमा रहेको हारले लिभरपुलको शीर्ष चारको लक्ष्य अझ गाह्रो बनेको छ । लिड्सका लागि क्रिसेन्को सुमेरभेलीले ८९ औं मिनेटमा निर्णायक गोल गरे ।

यो नतिजापछि लिभरपुल १६ अंकमा नवौं स्थानमा रह्यो । लिड्सले भने जितसँगै रेलिगेसन क्षेत्र छाडेरे १२ अंकमा १५ औं स्थानमा उक्लको छ । फ्रान्सेली लिग वानमा पनि पेरिस सेन्ट जर्मेन जित निकाल्न भाग्यमानी रह्यो । दुई पल्ट पछाडि रहेर पनि उसले ट्रोयसलाई ४–३ ले हरायो । त्यसमा लियोनल मेसी, केयलिन एमबापे र नेयमार तीनै जनाले गोल गरे । 
 

आइतबार​ १३ कात्तिक २०७९ ०८:४६ AM मा प्रकाशित

प्रतिक्रिया