×

श्रीमानले हात खुट्टा बाँधेर गाडिदिए, केही समयपछि श्रीमती माटो खनेर बाहिर निस्किन् !

images

काठमाडौं । एक व्यक्तिले आफ्नी श्रीमतीलाई मार्ने नियतले जिउँदै जमिनमा गाडे । श्रीमती बाहिर निस्कन नसकुन् भनेर उनले हात खुट्टा बाँधेका थिए । तर महिलाको भाग्य राम्रो थियो। उनले धेरै चलाखीपूर्वक आफ्नो नाक चिहानबाट बाहिर निकालिन्। जसका कारण उनी सास फेर्न सक्षम भइन् ।

यसअघि उनले आफ्नो एप्पल वाचबाट आफ्ना नजिकका व्यक्तिहरूलाई अलर्ट सन्देश पनि पठाएकी थिइन्। जसका कारण प्रहरी टोलीले उनलाई उद्धार गर्न सहयोग गरेको थियो । हाल प्रहरीले आरोपित श्रीमानलाई पक्राउ गरेको छ ।

डेली मेलका अनुसार घटना अमेरिकाको वासिङ्टनको हो, जहाँ ४२ वर्षीय याङ सुक एन घटना भएको दिन घरमा एक्लै थिइन् । त्यसपछि उनका ५३ वर्षीय श्रीमान् चाइ क्योङ आन त्यहाँ पुगे । लामो समयदेखि पति–पत्नीबीच सम्पत्तिको विषयमा विवाद चलिरहेको थियो । दुवैले सम्बन्धविच्छेदका लागि निवेदन दिएका थिए । उनीहरु छुट्टाछुट्टै बस्दै आएका थिए ।

क्योङले त्यस दिन (१६ अक्टोबर) आफूलाई अपहरण गरेको याङले आरोप लगाएकी छिन् । पहिले श्रीमानले उनलाई चक्कु प्रहार गरे, त्यसपछि हात खुट्टा बाँधेर गाडीको ट्रंकमा हाले । त्यसपछि उनलाई जङ्गलमा लगेर खाल्डोमा धकेलेर माथिबाट माटो खन्याए । यो सबै क्रममा याङले आफ्नो एप्पल वाचबाट साथीभाइ र आफन्तहरूलाई अलर्ट सन्देश पठाएकी थिइन् ।

एकातिर याङ खाडलमा सुतिरहेकी थिइन् र अर्कोतिर प्रहरीले उनलाई खोजिरहेको थियो । यसैबीच याङलाई गाडिएको खाडलबाट उनले नाक निकालेकी थिइन् । जसका कारण उनले सास फेर्न सकिन् । उनलाई करिब ३ देखि ४ घण्टासम्म त्यही खाल्डोमा गाडिएको थियो ।

याङले प्रहरीलाई बताइन् कि उनका श्रीमानले चक्कुले प्रहार गरी चिहानमा जिउँदै गाडेका थिए। तर धेरै चलाखीपूर्वक उनले आफ्नो ज्यान बचाइन्। महिलाले कुनै न कुनै तरिकाले आफ्नो नाकलाई माटोबाट बाहिर निकालिन्, जसले गर्दा उनलाई सास फेर्न सजिलो भयो। त्यसपछि बिस्तारै उनले आफूलाई माटोबाट बाहिर निकालिन् । घन्टौं जङ्गलमा घुमेपछि उनले एउटा घर फेला पारिन् र प्रहरीलाई खबर गरिन् । त्यसपछि प्रहरी टोलीले उनको उद्धार गरेको थियो ।

घटनाको भोलिपल्ट (अक्टोबर १७) याङका श्रीमान् पक्राउ परेका थिए । उनीमाथि ज्यान मार्ने उद्योग, घरेलु हिंसाको मुद्दा दर्ता गरी जेल चलान गरिएको छ । अब अदालतमा उनको सजाय सुनाउनुपर्नेछ । dcnepal

आइतबार​ १३ कात्तिक २०७९ १२:१३ PM मा प्रकाशित

प्रतिक्रिया