×

एसिया कप क्रिकेट : पाकिस्तानविरुद्ध नेपालको खराब सुरुआत

images

काठमाडौँ, १३ भदौ : एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपालले खराब सुरुआत गरेको छ । 

खेलको प्रारम्भमै नेपालका तीन खेलाडी आउट भएका छन् । नेपालले पहिलो ओभरमै दुई विकेट गुमाउन पुग्यो । पाकिस्तानका लागि दुवै विकेट शाहीन शाह अफ्रिदीले लिए । उनले कुशल भुर्तेल र कप्तान रोहितकुमार पौडेलको विकेट लिएका हुन् । भुर्तेलले चार बल खेल्दै दुई चौका हिर्काउँदै आठ रन बनाए । 

यस्तै पौडेलले बिना रन आउट भए । यस्तै नेपालले तेस्रो विकेटका रूपमा दोस्रो ओभरको चौथो बलमा आशिफ शेखलाई गुमायो । उनलाई नशिम शाहले आउट गरे । शेखले पाँच बल खेल्दै एक चौकाको मद्दतमा मात्र पाँच रन बनाए । केहीबेर अघिसम्म नेपालले १४ दशमलव दुई ओभरमा तीन विकेट गुमाउँदै ७४ रन बनाएको छ । अहिले आरिफ शेख र सोमपाल कामी क्रिजमा छन् । 

यसअघि मुल्तान रङ्गशालामा टस जितेर पाकिस्तानले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय ४२ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिखार अहमदले शतक प्रहार गरेका थिए ।

बुधबार १३ भदौ २०८० ०८:५२ PM मा प्रकाशित

प्रतिक्रिया