×

राहुलविरुद्ध संगठित अपराधमा अनुसन्धान हुने, तत्काल हिरासत राख्ने अनुमति लिन अदालत पुर्याइयो

images

विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका राहुल महरालाई प्रहरीले हिरासतमा राख्ने भएको छ ।

उनीमाथि अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिन जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ ।

उनीविरुद्ध संगठित अपराधमा पनि अनुसन्धान गरिने सीआईबीले जनाएको छ ।

गत वर्ष चिनियाँ व्यापारीले भेपमा लुकाएर सुन ल्याएको फेला परेको थियो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा उक्त सामान रोकिएपछि चिनियाँ ब्यापारीले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलसँग सामान छुटाउन सहयोग मागेका थिए ।

बुधबार १३ भदौ २०८० ०५:१५ PM मा प्रकाशित

प्रतिक्रिया