×

फिलिपिन्सको राष्ट्रपति फर्डिनान्डद्वारा शपथ ग्रहण

images

काठमाडौं । फिलिपिन्सका स्व. तानासाहका छोरा फर्डिनान्ड मार्कोस जुनियरले देशको नयाँ राष्ट्रपतिका रूपमा शपथ लिएका छन् । एसियाको सबैभन्दा प्रसिद्ध राजवंशहरूमध्ये एक हो, मार्कोस परिवार ।

पिता मार्कोसलाई अपदस्थ गरी निर्वासनमा पठाइएको ३६ वर्षपछि मार्कोस जुनियरले आश्चर्यजनक रूपमा आजराजनीतिक पुनरागमन गरेका हुन् ।

६४ वर्षीय मार्कोस जुनियरले गएको महिना भएको राष्ट्रपति निर्वाचनमा ‘दुर्लभ जित’ हासिल गरेको अलजजिराले जनाएको छ ।

जसलाई आलोचकहरूले आफ्नो परिवारको छविलाई धुल्याउनका लागि चालेको वर्षौँ लामो अभियान भन्दै टिप्पणी गरेका छन् ।

बिहीबार १६ असार २०७९ ०५:०३ PM मा प्रकाशित

प्रतिक्रिया