काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सगरमाथा आरोही हरिबहादुर बुढालाई सम्मान गरेको छ । आज (मंगबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुढालाई माओवादी केन्द्रले स्वागत गरेको हो ।
दुवै खुट्टा गुमाएका बुढाले सगरमाथाको सफल आरोण गरेर विश्व किर्तिमान कायम गरेका थिए । उनको सम्मानमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पनि सहभागी थिए । हरिबहादुरले आफूले पढाएको विद्यालयमै पढेको स्मरण गर्दै महराले आगामी दिनमा उनलाई चाहिने सहयोगका लागि आफू तयार रहेको बताए ।
त्यस अवसरमा महराले अपांगता भएका व्यक्तिहरुको टिम नै बनाएर विश्वव्यापी रुपमा शान्तिको अभियान छेड्ने बुढामगरको अभियान रहेको र त्यसमा आफू र आफ्नो पार्टीले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले कीर्तिमानी बुढामगरको आफ्नो जीवनलाई थप साहसका साथ अघि बढाउने मिशनको सफलताको पनि कामना गरे । पार्टीको सम्मान कार्यक्रममा सहभागी भएकोमा पनि महराले बुढामगरप्रति आभार व्यक्त गरे । बुढालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) ले समेत सम्मान गरिसकेको छ ।
प्रतिक्रिया