यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

    images


    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
    जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ २२ पैसा र बिक्री दर १६२ रुपैयाँ ९६ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ६७ पैसा र बिक्री दर १४३ रुपैयाँ ३२ पैसा रहेको छ ।
    यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४५ पैसा र बिक्री दर १३२ रुपैयाँ ०५ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९७ पैसा र बिक्री दर ३६ रुपैयाँ १३ पैसा रहेको छ ।
    त्यस्तै, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ 
     

    बिहीबार १६ चैत २०७९ ११:३७ AM मा प्रकाशित

    प्रतिक्रिया