×

प्रधानमन्त्री प्रचण्डद्वारा सहिद दिवसमा सहिद स्मारक पुगेर पुष्पगुच्छा अर्पण (तस्बिरहरू)

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिदहरुको सम्मानमा लैनचाैरस्थित सहिद स्मारक पुगेर पुष्पगुच्छा अर्पण गरेका छन् । सहिद दिवसको अवसरमा सोमबबार लेनचौरस्थित सहिद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सहिदको सपना पूरा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका हुन्।

सहिदहरूको त्याग र बलिदानबाटै संघीय लोकतान्त्रिक गणतन्त्र आएको बताउँदै उनले सहिदहरूको सपना, राष्ट्रको प्रतिष्ठा, जनताको प्रगतिका लागि सबै एकजुट हुनुपर्ने बताएका हुन्। देशको र जनताको निम्ति प्राण आहुति गर्ने सहिदहरू अमर र अजर रहने भन्दै प्रधानमन्त्री प्रचण्डले माघ १६ गतेलाई औपचारिक समारोहमा मात्र सीमित गर्न नहुने बताए। 

सहिद दिवसका अवसरमा प्रधानमन्त्री प्रचण्ड सहिद स्मारक पुगेका हन् । स्मारकमा पुष्पगुच्छाका साथै उनले सम्मान समेत अर्पण गरेका छन् । दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरी आयोजना गरिएको थियो ।

सोमबार १६ माघ २०७९ ११:१८ AM मा प्रकाशित

प्रतिक्रिया