×

न्युजिल्यान्ड सेमिफाइनलतर्फ अग्रसर

images

सिड्नी । न्युजिल्यान्डले सुपर–१२ को ग्रुप–१ बाट ट्वान्टी ट्वान्टी विश्वकपको सेमिफाइनल पुग्ने सम्भावना शनिबार बलियो बनाएको छ र त्यसका लागि उसले श्रीलंकालाई सजिलै ६५ रनले पराजित गर्‍यो । न्युजिल्यानडले पहिले ब्याटिङ गर्दै सात विकेटमा १ सय ६७ रन बनायो र त्यसयता श्रीलंकालाई १९.२ ओभरमा १ सय २ रनमा अलआउट गर्‍यो ।
यो जितपछि न्युजिल्यान्ड ग्रुप–१ मा तीन खेलबाट पाँच अंकसहित शीर्ष स्थानमा कायम रहेको छ । श्रीलंका भने तीन खेलबाट दुई अंकमै सीमित रह्यो । श्रीलंकाको सुरुआत निकै कमजोर रह्यो र उसले आठ रन बनाउँदा चार विकेट गुमाएको थियो । भानुका राजपाक्षेले ३४ र दुसान सनकाले ३५ रन बनाएर स्कोरलाई सम्मानजक बनाए ।
टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डको सुरुआत पनि राम्रो रहेन् र उसले १५ रनमा तीन विकेट गुमाएको थियो । तर चौथो क्रममा रहेका ग्लेन फिलिप्सले न्युजिल्यान्डको इनिङ्स सम्हाले र ६४ बलमा १ सय ४ रन बनाए । उनले १० चौका र चार छक्का प्रहार गरे । उनी ‘प्लयेर अफ द म्याच’ पनि रहे । 
 

शनिबार १२ कात्तिक २०७९ ०६:१२ PM मा प्रकाशित

प्रतिक्रिया