×

जुडो दिवस मनाइयो

images

काठमाडौं । नेपाल जुडो संघले विविध कार्यक्रम आयोजना गरी विश्व जुडो दिवस मनाएको छ ।

खुशीबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा खेलाडीको प्रदर्शनी खेल र चियापान कार्यक्रम आयोजना गरी जुडो दिवस मनाइएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । उक्त अवसरमा नेपाल जुडो संघका पदाधिकारी, डोजाङ र विभागीय टिमका खेलाडी, विदेशी पाहुना, प्रशिक्षकलगायतको उपस्थिति थियो ।
 

शनिबार १२ कात्तिक २०७९ ०६:०८ PM मा प्रकाशित

प्रतिक्रिया