×

६० किलो सुन तस्करी प्रकरण : अनुसन्धानका लागि सीआईबीका एसएसपी हङकङ जाँदै

images

६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका लागि सीआईबीका एक जना एसएसपी हङकङ जाने भएका छन् । 

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भई बाहिरिएको सुन प्रहरीले बरामद गरेको थियो । 

उक्त सुन प्रकरणमा मुछिएका केही विदेशी नागरिकको अनुसन्धानका लागि प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्य हङकङ जाने भएका हुन् । 

हङकङबाटै तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो । 

विभागले अनुसन्धानको जिम्मेवारी साउन २१ मा सीआईबीलाई हस्तान्तरण गरेको थियो ।

प्रहरी वरिष्ठ उपरीक्षक आचार्य इन्टरपोल हङकङसँगको समन्वयमा हङकङ जान लागेको सीआईबीले बताएको छ । 
 

मङ्गलबार १२ भदौ २०८० ०६:४२ PM मा प्रकाशित

प्रतिक्रिया