×

बलात्कार आरोपमा तनहुँमा प्रधानाध्यापक थापा पक्राउ

images

तनहुँ, १२ भदौ : गत साउन ३१ गते बालिकालाई बलात्कार आरोप लागेका तनहुँका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ ।  

प्रहरीले ऋषिङ गाउँपालिका–७ अर्खलाछापमा रहेको ज्यामिरेमाई प्राथमिक विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापालाई सोमबार साँझ दमौली बजारबाट पक्राउ गरेको हो । अमर आधारभूत विद्यालयमा अध्ययनरत १२ वर्षीया छात्रालाई बलात्कार गरेको आरोप लागेपछि प्रअ थापा फरार हुँदैआएको प्रहरीले जनाएको छ । 
 

घरमा कोही पनि नभएको मौका छोपी बालिका एक्लै भएको अवस्थामा थापाले बलात्कार गरेको पीडित परिवारले प्रहरीसमक्ष बताएका छन् । 

पीडित पक्षले यसअघि नै प्रअ थापाविरुद्व जाहेरी दर्ता गराइसकेको प्रहरीले जनाएको छ । प्रअ थापालाई पक्राउ गरी म्याद थपको तयारी भइरहेको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिनुभयो । 

    “प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ”, उहाँले भन्नुभयो, “अन्य कुरा अनुसन्धानबाटै खुल्दै जानेछ ।” 

मङ्गलबार १२ भदौ २०८० ०७:५९ PM मा प्रकाशित

प्रतिक्रिया