×

चीनले भारतको पूरै अरुणाचल प्रदेश समेटेर जारी गर्‍यो नयाँ नक्सा

images

चीन सरकारले नयाँ नक्सा जारी गरेको छ । अगस्ट २१ मा प्राकृतिक स्रोत मन्त्रालयले ‘चीनको आधिकारिक नक्साको २०२३ संस्करण’ प्रकाशित गरेको हो ।

नयाँ नक्सामा पनि यसअघि झैँ अरुणाचल प्रदेश र अक्साइ चीन क्षेत्र सम्पूर्ण रुपले चीनको भूगोलभित्र समेटिएको छ ।

त्यसैगरी, पुराना संस्करणहरुमा झैँ दक्षिण चीन सागरको समग्र क्षेत्र पनि चीनभित्र देखाइएको छ । जसलाई ‘नाइन ड्यास लाइन’ले आफ्नो क्षेत्रभित्र पारेको हो ।

ताइवानमाथि पनि आफ्नो दाबी प्रस्तुत गर्न चीनले ‘टेन्थ ड्यास लाइन’ को प्रयोग गरेको छ ।

अरुणाचल र अक्साइ चीन क्षेत्रमा बेइजिङको भारतसँग विवाद छ भने दक्षिण चीन सागरमा फिलिपिन्सलगायत मुलुकसँग विमति छ ।

केही समयअघि अरुणाचलका केही स्थानको नाम पनि चीनले परिवर्तन गरेको थियो । नयाँ नक्सामा तिनै परिवर्तिन नाम प्रयोग गरिएको छ ।

यसपछि चीनले डिजिटल नक्साहरु सार्वजनिक गर्ने जनाइएको छ । -एजेन्सी 

मङ्गलबार १२ भदौ २०८० ०२:३४ PM मा प्रकाशित

प्रतिक्रिया