काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले आजदेखि पशुपति मन्दिर वरपर क्षेत्रमा मासु, मदिरालगायत बिक्री वितरण र सेवनमा रोक लगाएको छ ।
तिजका लागि आजदेखि चारकिल्ला तोकेरै मदिरालगायत बिक्री वितरणमा रोक लगाइएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले सार्वजनिक सूचना जारी गर्दै धार्मिक, साँस्कृतिक मर्यादा र पवित्रता कायम राख्न यस्तो नियम लगाइएको उल्लेख गरेका छन् ।
तोकिएका चार किल्लाभित्र मासु, मदिरा, नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने सूचनामा उल्लेख छ । सूचना उल्लङ्घन गरे कारबाही गर्ने चेतावनी दिइएको छ ।
प्रतिक्रिया