कैलारी गाउँपालिका–६ स्थित जनता माध्यमिक विद्यालयमा कार्यरत कार्यालय सहयोगी ५३ वर्षीय भागिराम चौधरीले सोही विद्यालयबाट ३०औँ पटकमा माध्यमिक शिक्षा परीक्षा ९एसइई० उत्तीर्ण गर्न सफल हुनुभएको छ ।
उहाँले यस वर्ष २ जिपीए ल्याएर उत्तीर्ण हुनुभएको विद्यालयका शिक्षक यामु शर्माले जानकारी दिनुभयो । चौधरी विसं २०५२ बाट कार्यालय सहयोगीका रूपमा कार्यरत हुनुहुन्छ ।
यस वर्ष एसइई पास भएपछि धेरै खुसी भएको जनाउँदै उहाँले भन्नुभयो, “अब कक्षा ११ र १२ जनता माध्यमिक विद्यालयमै पढ्ने तयारी गरेको छु । कैलारी–६ बनकट्टा गाउँका चौधरीले विसं २०४८ मा दीपेन्द्र माध्यमिक विद्यालय हसुलियाबाट पहिलोपटक एसएलसी दिएको बताउनुभयो ।
कोरोना महामारीको क्रममा दुई वर्ष विद्यालयले आन्तरिक मूल्याङ्कन गरेर पठाएको परिणामका आधारमा एसइईको नतिजा सार्वजनिक गरिएको थियो । तर चौधरीले लेखेरै पास गर्छु भनेर फाराम नभर्नुभएको बताइएको छ ।
प्रतिक्रिया