सञ्चार र पत्रकारिताका विज्ञहरुले आम जनतामा सञ्चार साक्षरता वृद्धि भएमा सञ्चार माध्यमबाट प्रवाह हुने समाचार सही र गलतबीचको विभेद छुट्याउन सहज हुने आँल्याएका छन् ।
युनेस्को नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगको आमसञ्चार समितिले आज आयोजना गरेको ‘मिडिया लिटेरेसी’ विषयक सङगोष्ठीमा पत्रकारमा पनि जनताबाट आउने प्रतिक्र्रिया र बुझाइलाई आत्मसात गर्न सक्ने हुनुपर्ने बताइएको हो ।
नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष गोविन्द आचार्य र काठमाडौँ विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागका प्रमुख डा सुधाम्शु दाहालले कार्यपत्र प्रस्तुत गर्दै मिडियामा भएका परिवर्तन र डिजिटल युगका कारणले मिडिया लिटेरेसीमा पनि परिवर्तन भएकाले जनताले सञ्चारमा विगतको तुलनामा धेरै जान्ने बुभ्ने भइसकेको स्थिति सकारात्मक भएको बताउनुभयो ।
महासङ्घका अर्का पूर्व अध्या डा सुरेश आचार्यले ठूला भनिएका मिडियाबाट बेला बेलामा स्वार्थवश वा गलत स्रोतका कारण गलत सूचना सम्प्रोण गरेको उदाहरण प्रस्तुत गर्दै त्यस्ता कमजोरीमा स्रोत र पाठकको खबरदारी महत्वपूर्ण हुने बताउनुभयो । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका सहप्राध्यापक डा कुन्दन अर्यालले पत्रकार आचारसंहितालाई बढीभन्दा बढी जनताबीचमा लान सकिएमा उनीहरुले सञ्चारमाध्यमबारे आफैले विश्लेषण गरेर बुझ्ने सक्ने अवस्था आउने बताउनुभयो ।
समितिका संयोजक हरिगोविन्द लुइँटेलको अध्यातामा भएको कार्यक्रममा युनेस्को आयोगको सचिवालयका सहायक महासचिव डा बाबुराम अधिकारीले युनेस्कोका आयाममध्ये सञ्चार र प्रेस स्वतन्त्रता पनि एक मुख्य आयाम भएमाले सञ्चारबारेको बुझाइलाई व्यापकता बनाउन आवश्यक रहेको बताउनुभयो ।
छलफलमा पत्रकारहरु अखण्ड भण्डारी, शेषकान्त पण्डित, माधव तिवारी, रुपेश आचार्य, जन्दमेव जैसीलगायतले भाग लिँदै मिडिया लिटेरेसीको व्यापकता र विस्तारमा नीतिगत तहबाटै पहल हुनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया