सर्वाेच्च अदालतको न्यायाधीशमा श्रेष्ठ नियुक्त

    images

    राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय परिषद्को सिफारिसमा तिलप्रसाद श्रेष्ठलाई आज सर्वाेच्च अदालतको न्यायाधीश पदमा नियुक्त गर्नुभएको छ । श्रेष्ठ हालसम्म उच्च अदालत, विराटनगरका मुख्य न्यायाधीश हुनुहुन्थ्यो ।

    नेपालको संविधानको धारा १२९ को २ बमोजिम श्रेष्ठलाई आज नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    मङ्गलबार १५ चैत २०७८ ०८:३० PM मा प्रकाशित

    प्रतिक्रिया