×

सत्ता गठबन्धन बैठक -टुङ्गियो मन्त्रालयको भागबण्डा

images

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको १० दलीय सत्ता गठबन्धनले मन्त्रिपरिषद् विस्तारको लागि मन्त्रालयको भागबण्डा टुङ्गो लगाएको छ।

बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्नेगरी भागबण्डामा सहमति जुटाएपनि कुन दलले कुन मन्त्रालय पाउनेबारे भागबण्डा भने टुङ्गायाएको छैन।

बुधबारको सहमती अनुसार नेपाली कांग्रेसलाई ८, माओवादीलाई प्रधानमन्त्रीसहित ५, एकीकृत समाजवादी र जसपालाई समान २/२, जनमतलाई १ मन्त्री र १ राज्यमन्त्री, लोसपा, नाउपा, आजपा र नेसपालाई १/१ मन्त्रालय दिने सहमति भएको छ।

मन्त्रालयको बाँडफाँटमा कुरा मिलाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई अधिकार मागेको बालुवाटार स्रोतले जनाएको छ। तर प्रधानमन्त्री दाहालको एकल निर्णयले दलहरु सन्तृष्ट नहुन सक्ने गठबन्धनका नेताहरुले जनाएका छन्।

त्यसका लागि बिहीबार पुन: एक पटक गठबन्धनको बैठक बसि छलफल गर्नुपर्ने गठबन्धनका साना दलहरुको माग रहेको छ।

गठबन्धनका शिर्षदलहरुले पाउने मुख्यमुख्य मन्त्रालयहरुको सम्भावित टुङ्गो लगाएपनि अन्य सानादलहरुले चलायमान मन्त्रालयको लबिङ् गरिरहँदा मन्त्रालयको बाँडफाटबारे बुधबार केही टुङ्गो लाग्न सकेको छैन।

 

 

बुधबार १५ चैत २०७९ ०८:१३ PM मा प्रकाशित

प्रतिक्रिया