स्थानीय तह निर्वाचनमा आवश्यकताका आधारमा सत्ता गठबन्धन गर्ने कांग्रेस बागमतीको निर्णय

    images

    नेपाली कांग्रेस बागमती प्रदेशले आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनमा आवश्यकताका आधारमा सत्ता गठबन्धन गर्ने निर्णय गरेको छ । कांग्रेस बागमतीको आज काठमाडौँमा बसेको कार्यसम्पादन समिति र संसदीय समितिको बैठकले सो निर्णय गरेको हो । बैठक कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा बसेको हो ।

     संयुक्त बैठकमा कांग्रेस बागमतीका कार्यसम्पादन र संसदीय समितिका अधिकांश सदस्यले कांग्रेस केन्द्रले गठबन्धन गर्ने निर्णय गरेमा सत्ता साझेदार दलहरुबीच आगामी स्थानीय निकाय निर्वाचनमा गठबन्धन गर्नुपर्ने धारणा राखेको कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवालीले जानकारी दिनुभयो ।

     बैठकमा बोल्ने वक्ताले कांग्रेसले धेरैभन्दा धेरै स्थानमा आफ्नो पार्टीको जित सुनिश्चतताका साथै वर्तमान केन्द्रीय समितिले गरेको निर्णयको आधारमा वर्तमान गठबन्धनलाई निरन्तरता दिनका लागि पनि गठबन्धन आवश्यकता रहेको बताएका थिए ।  

    मङ्गलबार १५ चैत २०७८ ०८:२७ PM मा प्रकाशित

    प्रतिक्रिया