×

काग तिहारमा : कागको गुनासो

images

‘काग दाइ १ आज तपाईँको तिहार रहेछ होइन रु मानिसहरू काग तिहार भन्दै दुना टपरीमा खाने कुरा दिरहेका छन् । साथमा एकाध फूलको थुँगा पनि राखिएको देखेको छु । कतैकतै काग सम्मेलनको कुरा भइरहेको पनि सुनेको छु तर तपार्ईँलाई भने नरमाइलो माने जस्तो देखेको छु । के भो तपाईँलाई रु आज त खुसीको दिन, खुसी मान्नुपर्ने होइन र रु खोइ हाम्रा लागि त कोही चुइक्कसम्म बोलेका छैनन् । तैपनि त्यस्तो केही ठानेका छैनौँ । तपार्ईँ भने यस्तो रु अलि सुहाएन है ।’ ढुकुरले कागको कानमा खुसुक्क भन्यो ।

‘ढुकुर भाइ १ लाग्छ तिमीले कुरै बुझेका छैनौ । त्यसैले यस्तो कुरा गरिरहेका छौ तर कुरा त्यस्तो होइन । मानिसका यी सब व्यवहार देखावटी हुन् । देखाउनका लागि गरिरहेका छन् । उनीहरू निकै चलाख छन् । त्यसैले हामी कागको पनि हितैषी हौँ भन्ने देखाउन वर्षको एकपटक कर्मकाण्ड पूरा गर्छन् रु अघिपछि नजिक आउनु पनि अशुभ ठान्छन् र देख्नासाथ शुभबोल भन्दै  ढुङ्गाले हान्छन् । अनि वर्षको एकपटक काग तिहार मनाउनुको के अर्थ रु भन त । बरू हामीभन्दा त तिमीहरूलार्ई नै भाग्यमानी । कम्तीमा उनीहरू दृष्टिमा छि  छि  र दुरदुरको पात्र हुन त परेको छैन ।’ कागले वेदना पोख्यो ।


‘त्यो त दृष्टिकोणको कुरा हो दाइ १ तपाईँको स्थानबाट हेर्दा हामी भाग्यमानी । हाम्रो स्थानबाट हेर्दा तपाईँ भाग्यमानी । मानिसको व्यवहारकै कुरा गर्ने हो भने हामीलाई पो कहाँ छाडेका छन् र । तपाईँहरूलाई त नजिक आयो भनेर धपाउने मात्र गर्दा रहेछन् । हामीलाई त भेटे भने मारेर खान पनि बेर लगाउन्नन् । तैपनि हामीले नराम्रो मानेका छैनौँ । जीवन खुसी हुनका लागि हो खुसी हुनका लागि । बल्लबल्ल पाइएको जीवनमा पनि दुःखी बनेर को बस्छ रु कसले के गर्छन् उनीहरूका कुरा । आफूले गर्ने काम नछाडे भइहाल्यो नि होइन र रु’ ढुकुरले सम्झाउने प्रयास ग(यो ।


‘कुरो त ठीकै हो भाइ १ तिमी–हामीले गर्ने त्यही हो, गर्दैै आएका पनि छौँ । मानिसको देखाउने र खाने दाँत अलगअलग देखेर मात्र नराम्रो लागेको हो ।’   


‘देखावटी रे रु कसरी भन्न सक्छौँ कि देखावटी भनेर ।’


‘प्रष्टै छ नि ।’

‘प्रष्टै छ रे रु’

‘हो त नि ।’

‘भन्नुस् न दाइ १ के हो त्यो भनेको ।’

‘यही कि अघिपछि देखिनसहनेले वर्षको एकपटक किन तिहार मनाउनुप(या होला भनेको नि ।

‘त्यसको पनि कारण होला नि दाजु १ बरू त्यतातिर पो ध्यान दिने हो कि रु’

‘खोइ त्यो त उनीहरू नै जानून् । सुने अनुसार हामीले अशुभ खबर लाने गछौँ रे । त्यसैले लखेट्नेका गरेका रे ।’

‘नलानुस् त त्यस्तो  खबर । टन्टै साफ, नरहे बाँस न बजे बाँसुरी ।’

‘कुरा त्यसो होइन भाइ १’

‘के हो त दाजु १’

‘यही कि उनीहरूका कारण हाम्रो खाने दाना छिनिएका छन् । बस्ने स्थान छिनिएका छन् । हामीले भन्नेको भनेको त्यसो नगर । हामी पनि यही प्रकृतिको प्राणी हौँ, हामीले पनि बाँच्न पाउनुपर्छ भन्ने नै हो ।’

‘त्यही खबर दिन उनीहरूका अगाडि गएर कराउनुहुन्छ रु’

‘हो त नि ।’

‘यसमा अशुभ मान्नुपर्ने नै के छ र रु’

‘त्यही त भन्या भाइ १ उनीहरू नराम्रो काम गर्छन् । अरूले त्यसो नगर भन्यो भने अशुभ बोल्यो भन्छन् । मानिसको जातै त्यस्तै । आफूलाई मन पर्ने जति सबै शुभ । मन नपर्ने जति सबै अशुभ । यस्तो पनि हुन्छ रु’

‘अनि मानिसकै कारण हाम्रो खाने दाना र बस्ने स्थान खोसियो भन्ने जुन कुरा गर्नुभयो यसबारे पनि प्रष्ट पारिदिनु हुन्छ कि ।’

‘त्यो पनि प्रष्टै छ नि भाइ १ उनीहरू आफ्नो मात्र हित हेर्छन् र बालीनालीमा विषादी छर्ने गर्छन्, जसले गर्दा हामीले कीरा कमिलासमेत टिपेर खान पाउँदैनौँ । यसैका कारण हाम्रा दाजुभाइ कैयौँले ज्यान गुमाइसकेका छन् ।’

‘एऽऽ हो त १ यसबाट हाम्रै दाजुभाइ पनि धेरैको ज्यान गइसकेको छ ।’

‘अनि रु’

‘बुझेँ दाजु १ यसप्रति आभारी छु । अनि बासस्थान नासिँदै गयो भनेर जुन कुरा गर्नुभयो यसबारे पनि जानकारी पाए थप आभारी हुने थिएँ ।’

‘यो पनि प्रष्टै छ भाइ १ हेर न । शहर बजारतिर एउटै रुख छैनन् । भएको पनि काटिसके, काटिँदैछन् । हुँदाहुँदा वन फडानी गरेर बस्ती तथा शहर विकास गर्न थालेकाले गाउँघरतिर पनि बस्ने स्थान पाउन गाह्रो पर्न थालेको छ । वन जङ्गल नै नासिएपछि कहाँ बास बस्ने भन त । के हामीले चाहिँ बस्ने चाहिन्न रु थोरै संसार उनीहरूको मात्र पेवा हो रु’

‘हो त नि दाइ १ मैले त त्यतातिर ध्यानै दिएको रहेनछु । हामी सबैको हितको कुरा उठाउनु धेरै राम्रो काम गर्नुभएको रहेछ । तपार्ईँ उस्तो होइन । अपितु मानिस नै उस्ता हुन् । त्यसैले आउनुस् उनीहरूका सद्बुद्धिका लागि भगवानसँग प्रार्थना गरौँ ।’

‘ठीक भन्यौ भाइ १ तैपनि बुद्धि पलाइहाल्छ कि रु’ 

काग र ढुकुरबीच यस्तै संवाद हुँदै थियो । एक हुल मानिस काग सम्मेलन गर्न भनेर त्यतै आए । त्यसपछि उनीहरू दुवै डरले भागेर कतै लुक्न गए । उता मानिसहरू भने खुसीले गदगद हुँदै काग सम्मेलनमा जुटे– काग, काग, काग । 

शुक्रबार​ ११ कात्तिक २०७९ ०१:५० PM मा प्रकाशित

प्रतिक्रिया