×

मन्टेस्वरी एसोसीएसन नेपालको आयोजनामा मन्टेस्वरी बृहत भेला सम्पन्न

images

मन्टेस्वरी प्रिस्कुलहरुको केन्द्रिय संस्था मन्टेस्सरी एसोसीएसन नेपालको आयोजनामा मन्टेस्सरी बृहत भेला पोखराको होटेल रानीबन आर्केडमा सम्पन्न गरेकोछ। सो भेलामा पूर्व झापादेखी पश्चिम बाँके गरी १२ जिल्ला कार्य समितिका पदाधिकारीहरु लगायत स्कुल संचालकहरुका सहभागी भएको थियो ।

हाल मन्टेस्वरीको नाममा ब्रिक्रिती फैलीरहेको,तालिम तथा मन्टेस्सरी पठन सामाग्री नभयी र अन्य पठनपाठन प्रब्रिदीलाई मन्टेस्सरी भनी अभिभावकहरुमा भ्रम पैदा गरिएको बारेमा यसलाई निरुत्साहित गर्न अबका दिनहरुमा यस संस्थाले अग्रज भूमिका खेल्नु पर्ने सहभागीहरुको राय सल्लाह थियो ।

शुरुवाती दिनहरुमा केही अप्ठ्याराहरु आइपरे पनी यस्लाई निरन्तरता दिनु पर्ने झापाका अखिल कोइरालाले भन्नुभयो । तपाईं हामीले करोडौ लगानी गरी खोलिएका मन्टेस्सरी स्कुलहरुको भविस्य सुनिस्चित गर्नपनि यस्ता ब्रिकृतिहरुलाई रोक्नै पर्ने दाबी भक्तपुरका अध्यक्ष  धर्मसुन्धर बज्रचार्यले गर्नुभयो ।

अभिभावकहरुमा सबै प्रिस्कुलहरु मन्टेस्वरी ठान्ने अभीब्रिद्दीलाई प्रस्ट्याउन अब मन्टेस्वरी बिधीमा सन्चालित प्रिस्कुलहरुको छुट्टै पहिचानको लागिपनी बिभिन्न कार्यक्रमद्वारा सुसुचित गर्नुपर्ने जोड सुन्सरी अध्य्क्ष्य पार्वती तुम्बाहम्फेको थियो।  

पुरानो शैलीको कक्ष्या र बातावरणबाट उन्मुक्ती दिलाई हिजो हेपिएका बालबालिकाहरुलाई आज सर्बशुलभ शुल्कमा सन्चालन गर्न सफल भ्एका बालमैत्री बातावरणकुलिन अवस्थामा सन्चालित प्रिस्कुलहरुले अब विध्यालयको भौतिक सुधार मात्र नभयी मन्टेस्वरी पाठ्यक्रमलाई प्राथमिकता दिनुपर्ने बिचार नेपालगन्जका लोकेन्द्र शाहीले ब्यक्त गर्नुभयो ।

मन्टेस्वरी स्कुल सन्चालन गर्दा तालिम,मन्टेस्वरी सामाग्री पाठ्यक्रम अनिवार्य गरिनुपर्ने कुरा दाङका दिप्ती राणाको थियो । देशैभरीका मन्टेस्वरीको नाममा सन्चालित प्री-स्कुलहरुले चाहेरपनी बास्तबिक मन्टेस्वरीको अवधारणा नबुझेकोले अब यस संस्थाको पहलमा आवश्यक नितिहरु निर्माण गरी अगाडि बड्न र सबैले अनुशरण गर्नुपर्ने धारणा पोखरा सुरेश छेत्रीको थियो भने यस भेलाले दिएको सरसल्लाह तथा जनादेशको आवश्यकतालाई मनन गर्दै यस संस्थाले अब केहीदिनमै सम्बन्धित निकायहरुसँगको सहयोग र सहकार्य गर्दै वास्तविक मन्टेस्सरी प्रिस्कुल सन्चालनको गुरु योजना बनाइ मन्टेस्वरी तालिमहरुका लागि छेत्रीय तालिम केन्द्रहरु तोकिने,वास्तबिक मन्टेस्सरी प्रयोगात्मक सामाग्रीहरुको छनौट गरी सिफारिस गरिने,प्रयोगात्मक शिक्षा प्रनाली लागु गर्न मन्टेस्वरी पाठ्यक्रम लागु गरिने,बिभिन्न जिल्ला समितिहरुको सहयोगमा अभिमुखीकरन तालिमहरुको आयोजना गरिने कार्यक्रमहरुको आयोजना गर्दै देशैभरी वास्तविक मन्टेस्सरी सन्चालन निती नियम निर्मार्ण गरी प्रयोगमा ल्यायिने र हाल भईरहेको मन्टेस्वरीको दुश्प्रयोगलाई निरुत्साहित गर्ने प्रण गर्न सबैलाई एक्जुट हुन  सुश्मा लामाको आह्वान थियो भने उपाध्यक्ष सञ्जय लामाले हाल बिभिन्न बिधिमा सन्चालित प्रिस्कुलहरु आ-आफ्नो पढाई बिधीलाई प्रयोग गर्न र मन्टेस्वरीको भ्रम नछर्नलाई सचेत गर्नु भयो ।


त्यसै गरी चितवनलाई प्रतिनिधित्व  गर्दै कृष्ण आचार्यले अबका दिनमा मन्टेस्वरी बिधीमा प्रिस्कुल सन्चालन गर्न चाहनेहरु सबैले यस सस्थाले ल्याउन लागेको कार्यक्रमहरुको फाईदा लिन आह्वान गर्नु भयो । प्रर्यटकिय शहर पोखरामा आयोजना गरीएकोमा मन्टेस्सरी एसोसीएसन कास्कीका तर्फबाट  सल्लाहकार कुल बहादुर के.सीद्वारा आभार ब्यक्त गर्नुभयो ।

सोमबार ११ भदौ २०८० ०९:०३ PM मा प्रकाशित

प्रतिक्रिया