×

अमेरिकालाई सूचना दिएको आरोपमा अमेरिकी वाणिज्य दूतावासका पूर्वकर्मचारीलाई पक्राउ

images


युक्रेन द्वन्द्वबारे अमेरिकी कूटनीतिज्ञलाई सूचना दिएको आरोपमा मस्कोले भ्लादिभोस्तोकस्थित अमेरिकी वाणिज्य दूतावासका पूर्वकर्मचारी रहेकारूसी नागरिकलाई पक्राउ गरेको छ ।

सङ्घीय सुरक्षा सेवा ९एफएसबी० ले एक विज्ञप्ति जारी गर्दै रोबर्ट रोबर्टोभिच शोनोभलाई मस्कोस्थित अमेरिकी दूतावासका लागि सूचनादाता भएको आरोप लगाएको छ ।

मस्को र वासिङ्टनबीचको तनावपूर्ण सम्बन्ध, विशेषगरी युक्रेनमा जारी द्वन्द्वलाई लिएर दबाब सिर्जना गर्ने कूटनीतिक विवादको शृङ्खलाको यो पछिल्लो घोषणा हो ।

एफएसबीका अनुसार शोनोभले गत वर्ष सेप्टेम्बरमा अमेरिकी कूटनीतिज्ञहरूलाई द्वन्द्व र परिचालनबारे जानकारी दिन सुरु गरेका थिए ।

शोनोभलाई अर्को वर्ष हुने राष्ट्रपतीय चुनावअघि रूसका क्षेत्रहरूमा विरोधको भावना मापन गर्ने जिम्मेवारी दिइएको थियो ।

शोनोभले मस्कोस्थित अमेरिकी दूतावासको राजनीतिक विभागका दुई कूटनीतिज्ञ जेफरी सिलिन र डेभिड बर्नस्टिनलाई सोधपुछ गर्ने योजना बनाएको एफएसबीले जनाएको छ ।

रुस र पश्चिमा देशहरू, विशेष गरी संयुक्त राज्य अमेरिकाबीच कूटनीतिक तनाव केही वर्षदेखि बिग्रँदै गएको छ र दुवै पक्षले एक अर्कालाई कूटनीतिक सुविधाहरूमा कर्मचारी सङ्ख्या कटौती गर्न आदेश दिएका छन्, जसले उनीहरूको कार्यहरूमा बाधा पु¥याएको छ ।
(((
–––

सोमबार ११ भदौ २०८० ०५:५५ PM मा प्रकाशित

प्रतिक्रिया