×

बाढीका कारण पाकिस्तानमा राष्ट्रिय आपतकाल घोषणा

images

काठमाडौं । पाकिस्तानमा बिनाशकारी बाढीपछि राष्ट्रिय आपतकाल घोषणा गरिएको छ । लगातारको वर्षासँगै आएको बाढीका कारण पाकिस्तानमा हालसम्म १ हजार सर्वसाधारणको मृत्यु भएको हो । 

३ लाख भन्दा बढी विस्थापित भइसकेका छन् । बाढीका कारण ठूलो मात्रामा जनधनको क्षति भएपछि पाकिस्तान सरकारले राष्ट्रिय आपतकाल घोषणा गरेको हो । पाकिस्तानको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका कारण मृत्यु हुने मध्ये आधा भन्दा बढी बलुचिस्तान र सिन्ध प्रान्तका रहेका छन् । सिन्ध प्रान्तमा औसत भन्दा ८ गुणा बढी वर्षा भएको छ ।

बाढीका कारण सबै भन्दा बढी दक्षिण पश्चिमी बलुचिस्तान प्रान्त प्रभावित भएको छ । जहाँ सन् २०१० मा गएको बिनाशकारी बाढी जस्तै अवस्था अहिले रहेको छ । यो वर्षको बाढीका कारण पाकिस्तानमा १३ सय ४३ जना घाइते भएका छन् ।

आइतबार​ १२ भदौ २०७९ १२:४५ PM मा प्रकाशित

प्रतिक्रिया