ताजिकिस्तानमा भारी वर्षाका कारण तेह्र जनाको मृत्यु

    images


    मध्य ताजिकिस्तानमा भारी वर्षाका कारण कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

    राजधानी दुशान्बेको दक्षिण र पूर्वका क्षेत्रमा आइतबार आएको आँधीबेहरीका कारण करिब एक दर्जन जिल्लामा पहिरो पहिरो गएको देशको आपतकालीन मन्त्रालयका प्रवक्ताले बताएका छन् ।राष्ट्रपति इमोमाली रहमोनको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “भारी वर्षाका कारण हिजो प्राकृतिक विपत्ति आएको र वाहदातमा ११ र रुदाकी जिल्लामा दुई जना गरी १३ जनाको मृत्यु भएको छ ।”प्रवक्ताले पहिरोको थप जोखिम अझै उच्च रहेको बताएका छन् ।
    मध्य एसियाका पूर्व सोभियत राष्ट्रहरूमध्ये सबैभन्दा गरिबमध्येको एक ताजिकिस्तान प्राकृतिक विपत्तिको चपेटामा परेको छ । पामिर पर्वतले घेरिएको अफगानिस्तान, चीन र किर्गिस्तानको सिमानामा रहेको ताजिकिस्तानको दक्षिणको स्वायत्त क्षेत्र माथिल्लो बदख्शानमा गत फेब्रुअरीमा पनि दर्जनौँ हिमस्खलनका कारण ठाउठाउमा पहिरो र चट्टान खसेका थिए ।

    सोमबार ११ भदौ २०८० ०५:४६ PM मा प्रकाशित

    प्रतिक्रिया