×

आवेग र कुण्ठामा सहानुभूति मात्रै दिन सकिन्छ- सांसद थापा

images

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रश्नको जवाफ दिन सकिने तर आवेग, कुण्ठामा सहानुभूति मात्रै दिन सकिने बताउनुभएको छ । 

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा गर्नुभएको सम्बोधनका बारेमा टिप्पणी गर्दै उहाँले भन्नुभयो, “यतिबेला हामीले सुनिदिनुपर्छ । कुन स्थानमा कसरी जवाफ दिने हामी पछि गरौँला ।” 

प्रमुख प्रतिपक्षी दलका नेताले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्ने क्रममा गलत विषयलाई उठाएको भन्दै सांसद थापाले प्रश्नको उत्तर हुने भए पनि आवेग कुण्ठाको कुनै उत्तर नहुने बताउनुभयो । 

कांग्रेसका महामन्त्री थापाले भन्नुभयो, “प्रश्नको उत्तर हुन्छ, विचारमा टिप्पणी हुन्छ । रन्थिनिएका बेलामा उठेर सुतेर, बसेर जसरी बोले पनि हुन्छ । हामीले सुनिदिनुपर्छ ।”

प्रमुख प्रतिपक्षी दलका नेताले रन्थनिएका बेला आफ्ना धारणा राख्नुभएको टिप्पणी थापाले गर्नुभयो । उहाँले भन्नुभयो, “कहाँ बोल्ने, कहिले बोल्ने भन्ने कुरा बोल्नेले हेक्का राख्नुपर्छ ।” उहाँले  निर्वाचन हुँदैन भनिएको थियो, सानदाररुपमा सम्पन्न भएको उल्लेख गर्दै उहाँले बाजुराको बूढीगङ्गामा स्थगित भएको निर्वाचनको पनि निर्वाचन आयोगले प्रक्रिया अगाडि बढाउने तयारी गरेको जानकारी दिनुभयो । 

शनिबार १४ जेठ २०७९ ०९:४० PM मा प्रकाशित

प्रतिक्रिया