जन्मकैद भुक्तान गरिरहेको रेशम चौधरीलाई आम माफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा निवेदन

    images

    काठमाडौं, । टीकापुर घटनामा संलग्न रहेको अभियोगमा जन्मकैद भुक्तान गरिरहेको रेशम चौधरीलाई आम माफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा निवेदन परेको छ । आज (आईतबार) बसेको मन्त्रिपरिषद्को बैठकले रेशमलाई आम माफी दिलाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

    मन्त्रिपरिषद्को उक्त निर्णयविरुद्ध शारदा कडायतले सर्वोच्चमा निवेदन दिएकी हुन् । कडायत टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी हुन् ।
    यद्यपी, सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशमलाई आम माफी दिने निर्णय सदर गरिसकेका छन् ।

    आइतबार​ १४ जेठ २०८० १०:१८ PM मा प्रकाशित

    प्रतिक्रिया