×

नेपालको कृषि सहकारी विश्वकै उत्कृष्ट

images

काठमाडौं । नेपालमा वित्तीय सहकारी संस्थाले तरलताको चुनौती सामना गरिरहेको समयमा कृषि सहकारी केन्द्रीय संघले भने संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन ९एफएओ० अवार्ड २०२३ प्राप्त गर्न सफल भएको छ ।

नेपालको कृषि सहकारी केन्द्रीय संघ कृषि खाद्य प्रणाली परिवर्तनका लागि योगदान दिने विश्वकै उत्कृष्ट संस्था बनेको हो । दोस्रो स्थानमा भने लेबनानको अल सौफ सेडर सोसाइटी रहेको छ । यी दुवै संघलाई ग्रामीण अर्थतन्त्रको संरचनामा रूपान्तरण गर्ने योगदान गरेका कारण अवार्ड प्रदान गरिएको हो ।

नेपालको कृषि सहकारी केन्द्रीय संघले स्थानीय समुदायको जीवनस्तर उकास्न, दिगो कृषि खाद्य प्रणालीको प्रवद्र्धन र संरक्षण गर्न, जैविक विविधता र जलवायु संकटको प्रभावसँग लड्न सक्षम बनाउने कार्य गरेको भन्दै एफएओ अवार्ड प्रदान गरेको जनाएको छ । आजको राजधानी दैनिकबाट

शुक्रबार​ १५ बैशाख २०८० ०७:१३ AM मा प्रकाशित

प्रतिक्रिया