×

एलन मस्क फेरि बने विश्व धनाढ्य

images

काठमाडौं । इलोन मस्क फेरि विश्वकै धनी व्यक्तिमा फर्किएका छन्।  ब्लुमबर्गका अनुसार टेस्लाका प्रमुख कार्यकारी मस्कले फ्रेन्च विलासी सामान एलभीएमएच ब्रान्डका प्रमुख कार्यकारी बर्नार्ड आर्नोलाई उछिनेका हुन्। 

मस्कको स्वामित्वमा रहेको टेस्ला कम्पनीको शेयर भाउ बढेसँगै मस्क विश्व धनाढ्यको नम्बर एकमा पर्न सफल भएका हुन् । गत वर्षको तुलनामा यो वर्ष टेस्लाको सेयर मूल्य ७० प्रतिशतले बढेको छ।

ट्विटर खरिद प्रक्रिया विवादास्पद बनेपछि गत नोभेम्बरदेखि डिसेम्बरसम्ममा एलन मस्कको सम्पत्तिमा २ सय अर्ब डलरको गिरावट आएको थियो ।

एलन मस्कको उक्त नोक्सानीलाई पछिल्लो समयको सबै भन्दा ठुलो नोक्सानीको रूपमा लिने गरिन्छ ।

ब्लुमबर्गको रिपोर्ट अनुसार हाल मस्क पहिलो, आर्नल्ट दोस्रो, जेफ बेजोस तेस्रो, बिल गेट्स चौथो, र वारेन बफेट पाँचौं स्थानमा रहेका छन् ।

हिन्डेनवर्गको रिपोर्ट सार्वजनिक भएसँगै निरन्तर ओरालो यात्रा तय गरिरहेका भारतीय व्यापारी गौतम अडानी हाल ३२ स्थानमा झरेका छन् ।

गत महिना हिन्डेनवर्गको रिपोर्ट सार्वजनिक हुनुपूर्व अडानी एशियाका नम्बर एक तथा विश्वका चौथो धनाड्यको रूपमा रहेका थिए ।

मङ्गलबार १६ फागुन २०७९ ०२:०२ PM मा प्रकाशित

प्रतिक्रिया