काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति निर्वाचनका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मतदान गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन् ।
राष्ट्रपति निर्वाचन आगमी २५ फागुनमा तय गरिएको छ । निर्वाचनमा एमालेको तर्फबाट सुवासचन्द्र नेम्वाङ पौडेल विरुद्ध उठेका छन् । निर्वाचनका लागि काँग्रेसले आठ दलीय गठवन्धन बनाएको छ । सोही दलको तर्फबाट सभापति देउवाले एमाले अध्यक्ष ओलीलाई पत्र पठाएका हुन् ।
देउवाको पत्र सोमवार नै ओली निवास बोलकोटमा बुझाइएको छ । पत्र काँग्रेस मुख्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले ओली निवासमा लगेर बुझाएका थिए ।
एमालेले भने काँग्रेस बाहेकका दललाई पत्र पठाएर आफ्ना उम्मेदवार नेम्वाङको पक्षमा भोट मागिसकेको छ ।
प्रतिक्रिया