×

गृहमन्त्री रवि लामिछानेको सांसद योग्यताबारे २२ पुसमा सुनुवाइ हुने

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य रवि लामिछानेको योग्यतासम्बन्धी मुद्दाको पेशी आगामी पुस २२ गतेलाई तोकिएको छ । उक्त मुद्दामा संवैधानिक इजलासले पुस ६ गते विपक्षीहरुलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । 

लामिछानेको सांसद बन्ने योग्यतामाथि प्रश्न उठाउँदै युवराज पौडेले दायर गरको रिट निवेदनमाथि सर्वोच्चको संवैधानिक इजलासले सुनुवाई गरिरहेको हो । कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत रहेका छन् ।

२२ पुसमा हुने सुनुवाइपछि अदालतले फैसला सुनाउने छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई सांसदको शपथ लिन रोक लगाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो। अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भएको नेपाली नागरिकता प्रयोग गरेको भन्दै उनको सभापति पदसमेत खारेज गर्न माग गरिएको छ । 

मङ्गलबार १२ पुस २०७९ ०२:५१ PM मा प्रकाशित

प्रतिक्रिया