×

फ्रान्स नकआउट चरणमा अर्जेन्टिना नकआउट चरण नजिक

images

दोहा । विश्व फुटबलका दुई ठूला शक्ति फ्रान्स र अर्जेन्टिनाले विश्वकप २०२२ मा शनिबार आफू अनुकुल नतिजा निकाले । फ्रान्सले डेनमार्कले २–१ ले हरायो र लगातार दुई जित निकाल्दै सजिलै अन्तिम १६ को चरणमा पुगेको हो । अर्जेन्टिनालाई भने अझै धेरै गर्नु छ, तर कम्तीमा उसले मेक्सिकोलाई २–० ले हराएर नकआउट चरणको नजिक भने पुगेको छ ।

समूह ‘डी’ मा फ्रान्सको जितमा दुवै गोल केयलिन एमबापेले गरे । डेनमार्कका लागि भने आन्द्रेस क्रिस्टेन्सनले गोल गरे । त्यस अगाडि समूहको पहिलो खेलमा अस्ट्रेलियाले ट्युनेसियालाई १–० ले हराएको थियो । यो नतिजापछि अस्ट्रेलियाको तीन अंक भएको छ भने डेनमर्क र ट्युनेसिया एक एक अंकमा छन् ।
अर्जेन्टिनाको जितमा लियोनल मेसीले सुरुमा गोल गरे ।

पछि उनले सिर्जना गरेको पासमा इन्जो हर्नान्डेजले दोस्रो गोल थपे । त्यस अगाडि पोल्यान्डले साउदी अरेबियालाई २–० ले हराएको थियो । समूह ‘सी’ मा पोल्यान्ड चार अंकमा शीर्ष स्थानमा छ भने उसको पछाडि अर्जेन्टिना र साउदी अरेबिया तीन तीन अंकमा छन् । मेक्सिकोको एक अंक छ । 
 

आइतबार​ ११ मंसिर २०७९ ०७:५० AM मा प्रकाशित

प्रतिक्रिया