×

बार्सिलोनालाई अर्को धक्का च्याम्पियन्स लिगबाट बाहिरियो

images

पेरिस । स्पेनी ला लिगा क्लब बार्सिलोनाका लागि पछिल्लो समय खासै राम्रो हुन सकेको छैन् र यसमै एक अर्को धक्का लागेको छ । ज्याभीको बार्सिलोना यसपल्ट पनि युरोपेली च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । यसरी प्रतियोगिताको पहिलो चरणबाटै बार्सिलोनाको चुनौती समाप्त भएको यो लगातार दोस्रो सिजन हो ।

बार्सिलोना बुधबारको खेलमा बायर्न म्युनिकसँग ३–० ले पराजित रह्यो । यो नतिजापछि बायर्न समूह बी’ को शीर्ष स्थानमा रह्यो । समूहको अर्को खेलमा इन्टर मिलानले यसअघि नै भिक्टोरिया प्लाजेनलाई ४–० ले हराइसकेको हुनाले बार्सिलोना प्रतियोगिताबाट बाहिरिने निश्चित भइसकेको थियो । बार्सिलोनाले अब युरोपा लिग खेल्नेछ ।

बायर्नको जितमा साडियो माने, एरिक म्याक्सिम र बेन्जामिन पभार्डले गोल गरे । यससँगै इन्टर पनि अन्तिम १६ मा पुग्यो । समूह ‘ए’ बाट लिभरपुल पनि नकआउट चरण पुगेको छ र यो योर्गन क्लोपका लागि सुखद समाचार रहेको छ । घरेलु लिगमा कमजोर खेलिरहेको लिभरपुलका लागि नकआउट चरण पुग्नु राहत सावित भएको छ ।   

उसले आयाक्सलाई ३–० ले हरायो र त्यसमा मोहम्मद सलाह, डारविन नुनेज तथा हार्भे इलिटले गोल गरे । लिभरपुलको पाँच खेलबाट १२ अंक भएको छ भने नेपोली १५ अंकमा शीर्षमा छ । नेपोलीले अर्को खेलमा रेन्जर्सलाई ३–० ले हरायो । समूह ‘बी’ बाट अर्को हेभिवेट तथा ला लिगा क्लब एटलेटिको म्याड्रिड बाहिरएको छ ।

उसलाई बायरलेभरकुजनले २–२ को बराबरीमा रोक्यो । यस समूहबाट क्लब ब्रुग र एफसी पोर्टो अगाडि बढेका छन् । पोर्टोले अर्को खेलमा ब्रुगलाई ४–० ले पन्छायो । हारका बावजुत ब्रुग्स १० अंकमा शीर्ष स्थानमा छ भने पोर्टोको नौ अंकमा दोस्रो स्थानमा छ । सबैभन्दा रोमाञ्चक स्थिति भने समूह ‘डी’ मा छ ।

यसमा सबै सम्भावना खुला रहेको छ । टोटनहमले स्पोर्टिङ लिस्वनसँग १–१ को बराबरी खेल्यो भने अन्ट्राख्ट फ्रायन्कफर्टले मार्सेलाई २–१ ले हरायो । इंग्लिस प्रिमियर लिग क्लब टोटनहम आठ अंकमा समूहको पहिलो स्थानमा छ भने त्यसपछि स्पोर्टिङ फ्रान्कफर्टको समान सात तथा मार्सेको छ अंक छ ।

बिहीबार १० कात्तिक २०७९ ०८:१४ AM मा प्रकाशित

प्रतिक्रिया